गैंडाको खागसहित एक शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनी काठमाडौंको एक कलेजमा पढाउने शिक्षक हुन्। उनले गैंडाको खाग झापाबाट किनेर ल्याएको प्रहरीले बताएको छ।

प्रहरीले संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले रिजाललाई पक्राउ गरेको हो। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी उनलाई जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार