ग्वार्कोको सडकमा बेहोस फेला परेका पुरूषको मृत्यु

ललितपुर । ग्वार्कोमा बेहोस फेला परेका व्यक्तिको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ३५-४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेको थियो। स्थानीयले १०० मा फोन गरी पुरूष अर्धचेत अवस्थामा लडिरहेको भन्ने खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।

उनलाई प्रहरीकै गाडीमा हालेर ललितपुरस्थित पाटन अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार अस्पताल पुग्दा डाक्टरहरूले मृत घोषणा गरेको थियो। पोष्टमार्टमको लागि शवलाई पाटन अस्पतालमा राखिएको छ।

उनको मृत्यु कसरी के कारणले भएको भन्ने पोष्टमार्टमपछि मात्रै थाहा हुन्छ,प्रमुख राईले भने,अहिलेसम्म ती व्यक्तिको सनाखत भएको छैन। उनले ती पुरूषको सनाखत गर्न फिल्डमा खटिएका प्रहरीहरूलाई परिचयपत्र खोज्न भनेको बताए। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार