ट्याक्टरको ठक्करबाट एक ७४ बर्षीय वृद्धको मृत्यु

मोरङ । मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार दिउँसो प्र.नं. १–०१०–०१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए। घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिएपछि ट्याक्टर चालक फरार रहेकोले उनको खोजी भईरहेको मोरङ प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार