थप ३,१६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या १२९,३०४ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन्। जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार