दाङमा होम-आइसोलेसनमा बसेका ४० वर्षीय पुरूषको मृत्यु

दाङ । दाङमा एक जना होम-आइसोलेसनमा बसेका ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले सेतोपाटीलाई बताए।

असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कलेजोका बिरामी उनको काठमाडौंमा उपचारपछि लमहीस्थित घरमै आएर आइसोलेनसमा बसेको समयमा मृत्यु भएको नगरका स्वास्थ्य संयोजक पौडेलले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार