देशभर पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मल्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ३८ जना सहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमितमध्ये २ हजार १ सय ७४ जना निको भएर घर र्फिर्कएका छन् भने हालसम्म ८० हजार ९ सय ५४ जना निको भएर घर र्फिर्कएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाले ज्यान गुमाएका छन् । यो संगै देशभर कोरोनाबाट ६ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार