देशभर ३७९० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ९० सहित देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् भने हालमम्म ९४ हजार ५ सय १ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको ज्यान गएको छ । यो संगै देशभर कोरोनाबाट ७ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार