धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरानको वडा नं १७ का ७२ वर्षीय पुरुष र वडा नं १८ का ६८ वर्षीय पुरुष रहेका छन्। उनीहरु दुवै जना आजै प्रतिष्ठानमा भर्ना भएका थिए।

सहप्रवक्ता डा.श्रेष्ठका अनुसार वडा १८ का संक्रमितको दिउँसो पौने २ बजे मृत्यु भएको थियो। असोज २९ गते कोभिड पुष्टि भएका उनलाई आजै अस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ। यसैगरि, धरान १७ का संक्रमितको पनि दिउँसो साढे ३ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। असोज २८ गते संक्रमण पुष्टि भएको उनलाई पनि आजै प्रतिष्ठानमा भर्ना गरिएको थियो। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार