नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्। म घरमै आइशोलेसनमा बसिरहेको छुु, ट्विटमा चौधरीले भनेका छन्। योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार