नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो अध्यावधिक गरेको तथ्यांकअनुसार तीमध्ये ७७९ महिला र १ हजार ४४७ जना पुरुष छन्।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघेको छ। मन्त्रालयको तथ्यांकअनुसार देशभर संक्रमतिको संख्या १ लाख ५५ हजार २३३ पुगेको हो।  

पछिल्लो २४ घण्टामा १३ हजार ८४६ पिसिआर परीक्षण गरिएको हो। योसमेत गरेर परीक्षणको संख्या १३ लाख ८० हजार ८६२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार