नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि , १७को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । यस संगै देशभर कोरोना संक्रमितको संख्या १,५३,००८ पुगेको छ ।

परीक्षण गरिएकामध्ये ११।२ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८।९ प्रतिशत रहेको छ । पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार