नेपालमा २१२० जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै देशभरर संक्रमित संख्या ८४,५७० रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ५२८ पुगको छ ।
९ ं ८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार