नेपाली काँग्रेस म्याग्दीद्वारा शुभकामना

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । म्याग्दी काँग्रेसका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गर्नुभयो । कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रण गर्न समेत असफल भएको भन्दै ध्यानाकर्षण भएको सभापति गर्बुजाको भनाई छ ।

‘संविधानको मौलिक हक सम्बन्धी व्यवस्था र संविधानले नै जनताको जीउ, धान र स्वास्थ्य सम्बन्धी सुरक्षाको दायित्व सरकारको हो, महामारी नियन्त्रणमा पूर्णरुपमा विफल भएको सरकार जनताप्रति उदासिन र गैरजिम्मेवार बन्दै परिक्षण र उपचारको दायित्वबाट पन्छियो,’ –सभापति गर्बुजाले भन्नुभयो ।

सभापति गर्बुजाले हालै सर्वोच्च अदालतले समेत परिक्षण तथा उपचारको सबै व्यवस्था राज्यले नै व्यहोर्नु पर्ने आदेश जारी गरेको अवस्थामा अग्रपंक्तिमा खटिने व्यक्तिको बाहेक सर्वसाधारण जनताको परिक्षण तथा उपचार खर्चको दायित्वबाट उम्किन खोज्नु अदालतको आदेशको समेत अवहेलना भएको प्रतिक्रिया दिनुभयो।

म्याग्दी न्युजसंगको कुराकानीमा सभापति गर्बुजाले असार २५ देखी यता अविरल बर्षातपछि म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट म्याग्दीमा ठुलो क्षति भएपनि संघिय सरकारले वेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारलाई प्रदेश र संघिय सरकारले राहत वितरणमा पनि ढिलाई गरेको बताउनुभयो । साथै सभापति गर्बुजाले प्रभावित क्षेत्रका पीडित परिवारलाई चाडपर्व मान्न सक्ने व्यवस्थापन गर्न र बाढी पहिरो प्रभावित क्षेत्रमा पुनस्र्थापना जोड दिन समेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार