बर्दियामा साढे २३ किलो चरेससहित एक महिला पक्राउ

बर्दिया । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं.१० बुद्धि दमाईको घरको शौचालयबाट शरिरबाट ५ किलो चरेस भेटेको र थप अनुसन्धान गर्दा जम्मा साढे २३ किलो चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक एनबी रावतले जानकारी दिए।

यस्तै एक थान मोबाईल, ट्याम्बो मोबाईल २ थान, पावर ब्याकप २ थान र २ वटा नागरिकता फेला परेको छ। गुलरिया नगरपालिका घर भएका ४० वर्षीय बालकुमार विक र बग्माहगाउँपालिका वडा नं. ६ घर भएका ४२ वर्षीय दानबहादुर मल्ल ठकुरीको नागरिकता फेला परेको र उनीहरुको खोज तलास गरिरहेको उनले जानकारी गराए।

थप कारबाही र अनुसन्धानका लागि पक्राउ गरिएकी महिलालाई जिल्लाप्रहरी कार्यालयमा बुझाउने पक्रियामा रहेको एसपी रावतले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार