बस दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना यात्रु घाइते

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्।

मध्यपश्चिम यातायातको ना.३.ख. ५५१९ नम्वरको बस सडकमा रोकिराखेको टिप्परमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिकाका बस चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बसको ब्रेकफेल भएर सडक किनारमा रोकिराखेको टिप्परमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बसमा सवार घाइते १४ जना यात्रुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार