बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । बागलुङमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का १ पुरुष , २ का ३ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, काठेखोला ५ का १० पुरुष तथा ६ का १ पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार