बुटवलको कोरोना अस्पतालमा उपचारत २ संक्रमित को मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ। लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा एक जना अर्घाखाँचीका र अर्का एक जना रुपन्देहीको तिलोत्तमाका छन्।

अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुषको हिजो राती साढे ९ बजेतिर मृत्यु भएको हो। अशोज २२ गते कोरोना संक्रमण भएपछि कोरोना अस्पताल ल्याइएका उनको आइसीयुमा उपचार भइरहेको थियो। त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ का ८१ बर्षे बृद्धको पनि गएराती सबा बाह्र बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

कात्तिक १ गते स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएका उनलाइ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरीएको थियो। स्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयुमै उपचार भइरहेपनि गएराती उनको मृत्यु भएको डा गौतमले जानकारी दिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार