बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द

बुटवल । मर्मतको लागि सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले जनाएको छ । मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् । केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए । दसैँ र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए । सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ । प्रहरीले सडक अवरुद्ध भएपछि बुटवलको सिद्धबाबाबाट उता सवारी सधान नलैजानको लागि अनुरोध गरेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार