बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु ,१० घाइते

बेनी । पाखापानीदेखी बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा शुक्रबार जीप दुर्घटना भएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पु¥याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । मृतक बालिका दशैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

जीपमा ११ जना थिए ।दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । गम्भिर घाइते नन्दलाल छन्त्याल दलप्रसाद गौचन र दिक्षा शेरपुजालाई बेनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको प्रनि चौधरीले जानकारी दिनुभयो ।

अन्य सात जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो ।
तस्बिर मोहन केसीको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार