‘मयाँले’ गितको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ सहित)

म्याग्दी । नेपालीहरुको पर्व दशैँ र तिहार सम्बन्धी मयाँले गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । दशैं र तिहारका परम्परागत संस्कृतीको झल्को सो गितको म्युजिक भिडिओमा देखाइएको छ । जिल्लाको पर्यटकीय स्थल लभ्ली डाँडा सहित विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडिओ शनिबार क्रियटिभ मिडियाको युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो ।

भिडिओ हेर्नुहोस्

दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीत बनाइएको छ । गीतमा म्याग्दीमा परम्परागत रुपमा गाइने तर पछिल्लो समय लोपउन्मुख बनेका भाका र शब्दहरुलाई समेटीएको छ । गीतमा म्याग्दीली गायक गायीकाहरु सम्भोज मल्ल, धु्रव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता बर्देवा, बसन्ती थापाको स्वर रहेको छ ।

प्रकाश दुतराजको लय तथा संगीत संयोजन रहेको गीतलाइ अर्जुन थापाले एरेन्ज गर्नुभएको हो । युवा निर्देशक एवम् भिडियोग्राफर भुपेन बानियाँले निर्देशन गर्नुभएको म्युजिक भिडिओमा धु्रव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, सुनिल बानियाँ, विविदजंग थापा, जिवन कार्की, नविन बानियाँ, निर्देश चोखाल लगायत बालकलाकारहरुले समेत अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार