मर्निङ वाक निस्केका दुई वृद्धलाई गाडीले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । मर्निङ वाक निस्केका दुई जनालाई ललितपुर बालकुमारीमा गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरूलाई बालकुमार पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै मर्निङ वाकमा रहेका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन घाइते छन्। उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। ठक्कर दिने गाडी फेला परेको छैन। प्रहरीले घटनामा संलग्न गाडीको खोजी भइरहेको जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार