म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयुमा भर्ना गरि उहाँको उपचार गरिएको थियो । उहाँमा कोरोना संक्रमण संगै दुबै फोक्सोमा निमोनिया तथा मुगौलाको समेत संक्रमण देखिएको थियो । विरामी भएर पोखरा उपचारको क्रममा पुग्दा उहाँको पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार