म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप भएका ३० जना संक्रमितलाई पोखरामै आइसोलेसनमा राख्ने तयारी गरिएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार