म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये बेनि नगरपालिकाका २४ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला–३, पर्बत) र रघुगंगा–५ का ४३ बर्षीय पुरुष गरि २ जना कोरोना संक्रमणको लक्षण सहित बेनी अस्पतालमा उपचारको लागि आउनुभएको हो ।

यसैगरी क्वारेन्टनइनमा बस्नुभएकी मंगला गाउँपालिका– १ की २८ बर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा संक्रमित संख्या ७१ पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये ५१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार