म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित दुई जनालाई खुल्लामञ्चको आइसोलेसन कक्षमा राखिएको छ ।

असोज १३ गते म्याग्दीमा आएर ब्यारेकभित्र रहेका सेनाको १८ गते स्वाब संकलन गरिएको थियो । यस अगाडी पोखराबाट सरुवा भएर आएका एक प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । म्याग्दीमा विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार