म्याग्दीमा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

बेनी । म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको हो । पोखरामा पीसिआर परिक्षण गर्दा ती स्वास्थ्य कर्मीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बताउनुभयो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए ।

असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।कोरोना संक्रमितको उपचारमा संलग्न र अन्य गरी ३० जनाको नमुना संकलन गरिएको मध्य एकजनामा कोरोना देखिएको हो । अन्यको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएर असोज २६ गते अस्पतालमा उपचार गर्न आएका जलजला ३ का ४९ वर्षीय पुरुष र रघुगंगा हाइड्रोमा कार्यरत ४३ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

स्वास्थ्यकर्मीमा नै कोरोना देखिएपछि अस्पतालमा थप सतर्कता अपनाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार अस्पताल कार्यरत अन्य २३ जना पनि क्वारेन्टाइनमा रहेका छन् ।अत्यावश्यक सेवा बाहेकका अन्य सेवा लिन नआउन अस्पतालले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार