ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् । ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेसनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य बागमती, महाँकाल र कोञ्ज्योसोमका चार हजार ४ सय ५९ जनालाई खाद्यान्न सहयोग गरेको हो ।

संस्थाले महामारीका साथै प्राकृतिक प्रकोप खेप्न बाध्य विश्वभरका जनतालाई सहयोग गर्दै आएको पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए । उनले भने, “यस संस्थालाई आग्रह गरेर हामीले यी तीन गाउँपालिकाका मानिसलाई महामारीका साथै नजिकै आइरहेको विजयादशमीका बेला प्रत्येक परिवारलाई २५ किलोको एक बोरा जिरा मसिनो चामल, १० किलो पिठो, तीन किलो दाल, दुई किलो चना, दुई लिटर तेल, साबुन र नुन वितरण गर्‍यौँ ।”

तीनै गाउँपालिकाका प्रमुखको उपस्थितिमा कोञ्ज्योसोम वडा नम्बर १ चौघरेका ४ सय २० घरधुरी, महाँकालका छवटै वडाका दुई हजार ५ सय २९ घरधुरी र बागमतीको वडा नम्बर १ घुसेल, वडा नम्बर २ माल्टा र वडा नम्बर ६ आश्राङका एक हजार ५ सय १० घरधुरीलाई राहत वितरण गरिएको संस्थाका स्वयंसेवक ऋषिदेव फुँयालले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार