लागुऔषध सहित बेनीका भण्डारी पक्राउ

बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको विशेष प्रहरी टोलिले लागु औषध सहित भण्डारीलाई पक्राउ गरेको हो ।

लागु औषध सेवन तथा बिक्री वितरण गरेको भन्ने गोप्य सुचनाका आधारमा भण्डारीको घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा लागु औषध डाईजेपाम–३० एम्पुल ,फेनरागन –३१ एम्पल र नुर्फिन–३० एम्पुल गरी ९१ एम्पुल लागुऔषध ,६ थान सिरिन्ज र नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार