शिक्षक हत्याका आरोपी पक्राउ

इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्।

गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट एसपी नवीनराज राई नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको थियो। धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको कुकुर ल्याएर घटना अनुसन्धान गरिएको जिल्ला प्रहरीका डिएसपी लालध्वज सुवेदीले बताए।

पक्राउ पदमसहित घटनामा प्रयोग गरिएको खुकुरीसमेत फेला परेको प्रहरीले जनाएको छ। पदमलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको डिएसपी सुवेदीले बताए। शिक्षक पुष्पलाल माई नपाकै अम्लिसेभञ्ज्याङ आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका थिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार