सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेको राति नै महिलाको मृत्यु भएको डा श्रेष्ठले बताए ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिकामा ६८ वर्षीय एक पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका उनको होम आइसोलेसनमा बसेकामा मृत्यु भएको जानकारी प्राप्त भएको छ । बराह क्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालका प्रेस सल्लाहकार नवराज विष्टका अनुसार हालसम्म बराह क्षेत्रमा तीन जनाको मृत्यु भइसकेको छ भने ९९ जना संक्रमित भएका छन् ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार