हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।

तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

शनिबार साँझ ड्युटिमा गएका बेला दुबै जना बेपत्ता भएका थिए । असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जनाले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार