३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित एकजना पक्राउ

चितवन । प्रहरीले ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चितवन राप्ती नगरपालिका ५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ अभियुक्त र नक्कली नोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार