मुख्य समाचार राष्ट्रिय समाचार समाज

अनिष्ट रोक्ने कार्तिक नाच २ दिनमा समेटियो

काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारीका बावजुद पनि यस पटकको कार्तिक नाचले निरन्तरता पाउने भएको छ ।राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरसको महामारी जारी रहंदा पनि प्रदर्शन गर्न लागिएको हो ।

तर अघिल्ला बर्षहरुमा जस्तो यो नाच १२ दिनसम्म नचाइने छैन । कोरोना महामारीका कारण यो बर्ष केवल दुई दिन अर्थात शुक्रबार र शनिबार नचाइने भएको छ । ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुने यस सांस्कृतिक उत्सव यसपालि दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला अनिष्टबाट जोगाउनु कार्तिक नाच दुई दिनमा सीमित गरेर भए पनि आयोजना गरिएको बताए। यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ। विगतदेखि नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक र कडा सुरक्षा घेराबीच १८ देखि ६० वर्ष उमेरसमुहका कलाकारहरूले प्रस्तुत गर्ने समितिले जनाएको छ। नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

रत्नेचौरमा तरुणदल गठन ,अध्यक्षमा कृष्ण बोगटी

म्याग्दी । नेपाल तरुणदल म्याग्दीले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुणदलले जिल्लाका विभिन्न स्थानीय तह र वडामा संगठन विस्तारलाई तिब्रता दिएको हो ।यसैगरी ,तरुणदलले शुक्रबार जिल्लाको बेनी…

thumbnail

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र…

thumbnail

स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक…