कैलालीमा होम आइसोलेसनमा बसेका २ जना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो।

उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होमआइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो।

यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो।संक्रमण पुष्टि भएपछि दुवै जना घरकै होमआइसोलसनमा बस्दै आएका थिए। उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने जोशीले बताए। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…