अपराध घटना राष्ट्रिय समाचार समाज सुरक्षा

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई जना पक्राउ

उदयपुर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ ।

बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए ।रासस

सम्बन्धित समाचार

thumbnail

दैलेखमा भाउजु कुटेर भाग्ने क्रममा लडेर देवरको मृत्यु

दैलेख । दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ…

thumbnail

चेक बाउन्स मुद्दामा फरार रहेका तीन पक्राउ

काठमाडौं । बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–१४…

thumbnail

एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार राति नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङ्गस्थित एनआइसी एसिया बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको…

Write a Reply or Comment