आर्थिक घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

चार महिनामा ३१५ फर्मलाई जरिवाना

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ ।

मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय १५ फर्मलाई जरिवाना गरिएको र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

जरिवानामा परेका र्फमहरुबाट एक करोड १८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । यस अवधिमा पाँच वटा फर्महरुलाई मुद्दा चलाइएको छ भने ६० लाख ५६ हजार रुपैयाँ बराबरको खान अयोग्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

विभागले इलेक्ट्रोनिक्स सामान, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी, मासु, तरकारी, मदिरा, मिठाई, हार्डवेयर लगायतका पसलमा अनुगमन गरिएको विभागले जनाएको छ ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी…

thumbnail

चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले…

Write a Reply or Comment