झापाका एक संक्रमितको धरानमा मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् ।

गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्तकको शवको व्यवस्थापन नियमानुसार भइरहेको अस्पतालको भनाइ छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार