बालुवाटारमा नेकपा सचिवालय बैठक १ बजे नै राख्न प्रधानमन्त्री ओली तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक बस्ने निर्धारित समयमै बस्ने निश्चित भएको छ। बुधबार १ बजेको बैठक सार्ने तयारी गरेका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक राख्न तयार भएका छन्।

बालुवाटारमा तोकिएकै समयमा सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले सेतोपाटीलाई बताए। प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने चेतावनी बहुमत सचिवालय सदस्यहरूले दिएका थिए।

सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकलाई १ घण्टा पछाडि सारेका छन्। मन्त्रिपरिषद् बैठक २ बजे बस्दैछ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार