भक्तपुरबाट कछुवासहित पाँच कारोबारी पक्राउ

काठमाडौं । कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ पाँच बजे पक्राउ गरेको हो।

कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय नैन बहादुर आले मगर, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ, २९ वर्षीय दावा लामा र गोर्खाका २४ वर्षीय सुजन उपरकोटी छन्।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनीहरूलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो।उनीहरूबाट प्रहरीले एक जीवित कछुवा समेत बरामद गरेको छ। सो कछुवा उनीहरूले रामेछापबाट ल्याएको एसपी कार्कीले बताए।थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला…