म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा कार्यरत वर्ष २८ का १ जना महिला गरी जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, बेनी ८ का ७५ वर्षीय पुरुष पोखरा रहनुभएको र अन्य संक्रमितहरु स्थानीय आईसोलेशन तथा होम आईसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

हालसम्म म्याग्दी जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १२४ जना रहेका छन् । संक्रमित मध्ये ८० जना कोरोना जितेर घर फर्किएका छन् । जिल्ला बाहिर संक्रमण पुष्टि भएका जम्मा ११ जनाको औपचारिक तथा ७ जनाको अनौपचारिक जानाकारी प्राप्त भएको निमित्त प्रमुख लाम्सालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार