लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक
बुधवार, मंसिर १० गते
| म्याग्दी न्युज संवाददाता
बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ ।
म्याग्दीका चर्चित डान्सर, कोरियोग्राफर राजकुमार परियारको निर्देशन रहेको सो भिडिओमा कलाकार सन्तोष परियारको सह निर्देशन रहेको छ ।किरण फोटोग्राफिका संचालक किरण कार्कीको छायाँकन तथा सम्पादनमा तयार भएको उक्त गीतको भिडिओ गायक बिश्वकर्माको आफ्नै युटुव च्यानल Amit Bishwokarma बाट सार्बजनिक भएको छ । गायक बिश्ककर्माका यस अघि ठाउँ छ मनै खानि, डाँडा पारि मायाको गाउँ छ, पुग्नै पर्ने ठाउँ, बैँश छदा भएन पैसानि लगाएत दर्जनौ गीतहरु प्रस्तुत भैसकेका छन ।
बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…
भिडियाे
मुख्य समाचार
म्याग्दी
म्याग्दी न्युज विशेष
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई…
म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई…
म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र…
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक…
काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…