अनिष्ट रोक्ने कार्तिक नाच २ दिनमा समेटियो

काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारीका बावजुद पनि यस पटकको कार्तिक नाचले निरन्तरता पाउने भएको छ ।राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरसको महामारी जारी रहंदा पनि प्रदर्शन गर्न लागिएको हो ।

तर अघिल्ला बर्षहरुमा जस्तो यो नाच १२ दिनसम्म नचाइने छैन । कोरोना महामारीका कारण यो बर्ष केवल दुई दिन अर्थात शुक्रबार र शनिबार नचाइने भएको छ । ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुने यस सांस्कृतिक उत्सव यसपालि दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला अनिष्टबाट जोगाउनु कार्तिक नाच दुई दिनमा सीमित गरेर भए पनि आयोजना गरिएको बताए। यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ। विगतदेखि नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक र कडा सुरक्षा घेराबीच १८ देखि ६० वर्ष उमेरसमुहका कलाकारहरूले प्रस्तुत गर्ने समितिले जनाएको छ। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार