अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)

म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत नेपाल बाल संगठन ,म्याग्दीद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई शुक्रबार एक–एक थानका दरले ५० हजार रुपैयाँ बराबरको ब्लाङ्केट हस्तान्तरण गरिएको हो ।

भिडिओ हेर्नुहोस्

बोतलको पुनः प्रशोधन गरी विक्रीबाट संकलन भएको आर्थिक रकमबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गरेका उपेन्द्र गिरीले रोजगार, ब्यापार तथा शिक्षाका लागि अष्टे«लियामा रहेका म्याग्देली चेलीले सामाजिक कार्यका लागि संस्थाको स्थापना गरेको जानकारी दिनुभयो ।

सोही अवसरमा बाल संगठनका सभापति राजेश शाक्यले बालगृहमा रहेका बालबालिकालाई आवश्यक पर्ने सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले बालगृहमा आफ्नो कार्यकालमा अल्पकालिन, मध्य र दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सन्दिप खत्रीले गर्नुभएको थियो ।

यसैबीच We Care and love foundation Australiaको अध्यक्षमा अध्यक्ष जानु शेरचन केसी, सचिव रेश्मा श्रेष्ठ, तावि लिम्बु श्रेष्ठ, सदस्यहरूमा रिना जिसी, रोश्री श्रेष्ठ, अन्सु सन्जोल श्रेष्ठ, सुर्वण बोगटी केसी, सिमा श्रेष्ठ, मेनुका शेरचन छन्त्याल, नम्रता श्रेष्ठ कर्मचार्य, रोश्नी श्रेष्ठ, अस्मिता बानियाँ, अजिता बानियाँ, सुनिता श्रेष्ठ, अतिजा तुलाचन, पुनम बस्नेत,कन्चन केसी,सृष्टि सुबेदी र चिना क्षेत्री रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार