उपचारका लागि बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित

बेनी । उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थप चार जनामा कोरोना पुष्टि भएको छ । । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवन ठेगना भइ हाल बेनी नगरपालिका ४ सिंगा तातोपानीको एक लघुवित्तमा काम गर्ने २७ वर्षीय पुरुष र अर्को एकजना बेनपा ९ काउलेगौडा ठेगना भई रघुगंगा हाइड्रोमा काम गर्ने ३० वर्षीय पुरुष भएको लम्सालले बताउनुभयो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय आइसोलेशन तथा होम आइसोलेशनमा राखिएको निमित्त स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो । यसैगरी उहाँका अनुसार जिल्लाकोअन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ की बर्ष ३४ र बेनी नगरपालिका स्थायी ठेगना हाल पारी बेनी बस्दै आएकी बर्ष ३८ की दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा गरिएको परिक्षणमा दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको र उनिहरु आइसोलशनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार