कन्चनपुरमा घाँटीमा तार बेरेको अवस्थामा एक पुरूष मृत फेला

धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षिय पुरुष मृत फेला परेका हुन्।

उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।
मृतकको पहिचान खुलेको छैन।

मृतक पुरुषको पहिचानका लागि अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।उनको शव अहिले घटनास्थलमै छ।आफन्तहरु सम्पर्कमा आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार