काठमाडौंको नयाँ बानेश्वरमा दुई संक्रमितको घरमै मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ । कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो ।

त्यस्तै बानेश्वरमै अर्का एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वडाध्यक्ष रामकुमार केसीले ८ दिनअघि कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी वृद्धाको आइतबार मृत्यु भएको जानकारी दिए । दुबैजनाको नेपाली सेनाको सहयोगमा शव हिजो बेलुकी नै व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार