कास्कीमा थप १ कोरोना संक्रमितको मृत्यु

कास्की। कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा
पोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको बताउनुभयो । डा. आचार्यका अनुसार उनी निमोनिया, मधुमेह लगायतका बिरामी पनि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार