कैलालीमा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

धनगढी । कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहीबार घोडाघोडी नगरपालिका वडा नम्बर १ से १ च ५०८४ नम्बरको ट्रयाक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको ज्यान गएको हो।

ठक्करपछि घाइते भएका लामिछानेलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। ट्रयाक्टर चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार