‘कोमा’मा रहेकी एक कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

काठमाडौं । चीनको वुहानबाट संक्रमण सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभरको जनजीवन प्रभावित भएको छ । कोरोनाको चपेटामा परेका व्यक्तिको जीवनचक्रमा पुरै प्रभाव कोरोनाको मात्रै रहने अवस्था देखिएको छ ।

यसैबीच, बेलायतमा अनौठो घटना भएको छ । बेलायतको सरकारी स्वास्थ्य सेवामा कार्यरत एक महिलाले कोरोना संक्रमणका कारण कोमामा रहेको अवस्थामा समयभन्दा अगावै जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।

बेलायती महिला पर्पेचुअल युकेले कोमामा रहेको अवस्थामा अस्पतालको भेन्टिलेटरमा उपचारमा रहेकै समयमा जुम्ल्याहा बच्चा जन्माएकी डेलीमेलले लेखेको छ । उनले कोरोना संक्रमणकै कारण आमा बनेको १६ दिनपछि मात्रै आफ्ना बच्चाहरु हेर्न पाएकी थिइन् ।

जुम्ल्याहा शिशुहरु छोरी सोचिका पाल्मर र छोरा ओसिनाची पास्कललाई उनले बेलायतको क्विन एलिजाबेथ अस्पताल, बर्मिङ्गघममा जन्म दिएकी थिइन् । उनीहरु १ सय दिनभन्दा बढी अस्पतालमा बसेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

शिशुहरुको जन्म भएलगत्तै उनीहरुलाई १६ दिनको लागि क्रिटिकल केयर युनिटमा राखिएको थियो । उनीहरुको वजन ८५० र ७७० ग्राम मात्रै रहेको थियो । उक्त जोडीको पहिले नै २ बच्चाहरु रहेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार