कोरोनाबाट रोल्पाका ५६ वर्षीय पुरुषको बाँकेमा मृत्यु

दाङ । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। जिल्लाको लिबाङ नगरपालिका वडा नं.४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ। यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ। जसमा ३५ जना बाँकेका र २९ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरू रहेको फोकल पर्सन श्रेष्ठले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार